वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली ल्याएको खुद्रा तथा हाडवेयर सामानहरूसहित ट्रक नियन्त्रणमा लिएको छ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा हिजो अंन्दाजी २३:४० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डको बाटो हुँदै ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकमा खुद्रा तथा हार्डवेयर लगायतका मालबस्तुहरू भन्सार छली गरी रूपन्देही तर्फ लाँदै गरेको भन्ने सूचना पाएपछी नियन्त्रणमा लिइएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको टोलीले उल्लेखित नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रक भित्र विलबिजक भन्दा बढी किराना तथा हार्डवेयर सामानहरू लोड रहेकोको देखिएकोले उक्त ट्रकलाई चालक जिल्ला मकवानपुर राक्सीराङ गाउँपालिका वडा नं.३ बस्ने बर्ष ४० को सुन बहादुर थिङसहित नियन्त्रणमा लिईएको हो ।

सामान तथा ट्रकको रू.५०,००,०००।- (पचाँस लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।






