Categories समाचार

वीरगञ्ज १४ मा निर्मित धर्मशालाको सांसद यादवद्वारा उद्घाटन

Advertisement

वीरगञ्ज । महंगो शूल्क तिरेर बिहे वर्तबन्ध जस्ता काम गर्नुपर्ने समयको अन्त्य हुने पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदिप यादवले बताएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मुख्य सडक पिपरा टोलमा सांसद यादवकै संसदीय कोषबाट निर्मित धर्मशालाको उद्घाटन गर्दै सांसद यादवले अब गरिब जनताहरुले पनि धर्मशालाबाट धुमधामका साथ बिहे बर्तबन्धका कामहरु गर्न सक्ने बताए ।

Advertisement

संसदीय कोषको १८ लाख रुपैयाँबाट धर्मशाला निर्माण भएपछि स्थानीय हर्षित छन् । आवश्यक्ता र जनताको मागलाई मध्यनजर गर्दै आगामी दिनमा पनि अन्य विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि सांसद यादवले व्यक्त गरेका छन् । वडामा हुने विवाहदेखि अन्य धार्मिक र सांस्कृतिक कार्यकमहरुका लागि धर्मशाली उपयोगी हुने यादवको विश्वास छ ।

Advertisement

‘वडाका गरिव जनताले महँगो रकम तिरेर होटल र पार्टी पैलेसमा आफ्नो छोरा–छोरीको विवाह गराउँन सक्दैनन्,’ सांसद् यादवले भने, ‘त्यसैले सबै स्थानीयहरुको सुविधाका लागि सस्तो दरमा उपलब्ध हुने धर्मशालाको आवश्यकता देखेर यस्तो मर्मत गराएको हुँ ।’

कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अंसारी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भरत प्रसाद कुर्मी, स्थानीय नेता रफिक अंसारी, संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *