Categories समाचार

सांसद यादवको संसदीय कोषको ३० लाख लागतमा सडक ढलान र नाला निर्माण ।

वीरगन्ज– पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदीप यादवले शनिबार विहान वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा ढलान गरिएको सडकको उद्धघाटन गरेका छन् । सांसद यादवको संसदीय विकास कोषको ३० लाख रुपैयाँबाट लालपर्साको सात सय मिटर सडक ढलान र नाला निर्माण गरिएको हो ।

लालपर्साको मूख्य सडक देखि ब्रहमस्थानसम्मको ७ सय मिटर सडक खण्डमा विगतमा जहिले हिलो र पानी जम्ने समस्या रहँदै आएको थियो । लामो समयदेखिको पानी जम्ने समस्याले लालपर्सावासीले सास्ती खेप्दै आएका थिए ।

Advertisement

वर्षातको समयमा भेडाहा खोलामा बाढी आउँदा उक्त सडकमा लामो समयसम्म पानी जमेर बाटो हिलाम्मे हुने गरेको थियो । पियरी माटोले बाटो पुरिन्थ्यो । सामान्य हिँडडुल गर्न समेत गाह्रो थियो । उक्त सडक खण्ड ढलान भएपछि लालपर्सावासीमा खुसीयाली छाएको छ ।

Advertisement

सांसद यादवले लालपर्सावासीको समस्यालाई सम्बोधन गर्दै आफ्नो संसदीय विकासको रकमबाट सडक ढलान गरिएको जनाए । उपभौक्ता समिति मार्फत गरिएको ढलान र नाला निर्माण कार्य इस्टीमेट भन्दा बढी रहेको छ । गाउँको वर्षौदेखिको समस्या समाधान हुने भएपछि स्थानीयले हौँसिएर निर्माण कार्यमा सहयोग गरेका थिए । यसअघि लालपर्साको परसोतीपुरमा सांसद यादवले ४० लाख रुपैयाँको लागतमा नमुना सडक निर्माण गराएका थिए ।

शनिबारको उद्धघाटन समारोहमा जसपाका इकाई अध्यक्ष दिनानाथ मण्डल, बरमा यादव, युवा नेता मनोज यादव, गगनदेव यादव, रामप्रवेश यादव, मनोज साह कानु, रामप्रवेश कलवार, सन्जीव ठाकुर लगायत सयौँ स्थानीयको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *