Categories समाचार

पर्साका एसपी पाण्डेकाे सरुवा, बस्नेत आउँदै

Advertisement

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेकाे सरुवा भएकाे छ । उनकाे ठाउँमा महानगरिय प्रहरी परिसर काठमाडाैंमा कार्यरत रहेका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत आउने भएका छन् ।

पाण्डेलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल, काठमाडाैं पठाइएकाे छ ।

Advertisement

प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ । सरुवामा सात जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ ।

Advertisement

सरुवाअनुसार पर्सामा रमेश कुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीब बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ । उनीहरुमध्ये धेरै जिल्लामा अवधि नै नपुगी सरुवा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *