Categories समाचार

लेखापाल पटेलले प्रयोग गरेको ३ पालिकाको ३ मोटरसाइकल चोरी

Advertisement

पर्सा – पर्साको जगरनाथपुर गाउँपालिकाको लेखापाल संजय कुमार पटेलले प्रयोग गर्दै आएको सरकारी मोटर साईकल चोरी भएको छ । जगरनाथपुर गाउँपालिकाको नाममा दर्ता रहेको प्रदेश नं. २ काे ४६५९ नम्बरको प्लसर मोटर साईकल चोरी भएको हो ।

पटेर्वा सुगौली गाउँपालिकाको गादीमाई मेला हेर्न गएका लेखापाल पटेलले चढदै आएको १५० सिसिको प्लसर मोटरसाइकल बहिवार अवेर राती चोरी भएको हो । कार्यालयको कामकाजका लागि सरकारी मोटर प्रयोग गर्ने प्रवाधान रहेको भए पनि लेखापाल पटेलले अवेर मेला हेर्न क्रम मोटरसाइकल चोरी भएका कारण उनको गैरजिम्मेवारी रहेको देखिन्छ ।

Advertisement

लेखापाल पटेलले आफुले प्रयोग गरेको सरकारी मोटरसाइकल बिहिवार राती गादीमा पर्किङ्गमा राखेको बेला चोरी भएको तथा यसको बिषयमा प्रहरीलाई जानकारी गराएको बताए ।

Advertisement

यस अघि पनि उनले प्रयोग गर्दै आएको सखुवा प्रसौनी गाउँपालिका र जिराभवनाी गाउँपालिकाको मोटर साइकल चोरी भएको थियो । पटेलले प्रयोग गर्दै आएको ३ वटा मोटरसाइकल ३ बर्षमा चोरी भए पछि उनको मिलोमतोमा गाडीहरु चोरी हुने गरेको स्थानियहरुले शंका गर्न थालेका छन्

सराकारी गाडीको दुरुपयोग हुने गरेको तथा पटेलको गैरजिम्मेवारीका कारण मोटरसाइकल चोरी हुने गरेको चर्चा पालिकामा चलेको छ । यसरी उनले नै चढने गरेको मोटर साइकल ३ बर्षमा ३ पालिकाको ३ वटा मोटरसाइकल चोरी भए पछि जगरनाथपुर गाउँपालिकाका जनप्रतिनिधिहरुले पनि उनको आचरणमा शंका व्यक्त गरेका छन् । उनले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको कारण पनि मोटरसाइकल चोरी हुदै आएको छ ।

पछिल्लो पटक जगरनाथपुर गाउँपालिकाको गाडी चोरी भए पछि उनले नै चढने गरेको गाडी किन ? पटक पटक चोरी हुने गरेको हो भन्ने अनुसन्धानको बिषय भएको कतिपयको भनाई छ। नेपाल पोस्ट डेलीमा समाचार छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *