रामजी यादव
वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं.८ रामनगरीमा निशुल्क आखाँ शिबीर समपन्न भएको छ।
केडिया आखाँ अस्पताल राम प्यारी देबी सेवा ट्रष्ट बिरगंजको आयोजना र ज.स.पा का जिल्ला सदस्य पन्नालाल साहको पहलमा निशुल्क आखाँ शिबीर समपन्न भएको हो।
निशुल्क आखाँ शिबीरमा महिला र पुरुष गरि २६५ जना आखाँ चेक जाँचमा ९४ जनामा मोतियाबिंद फेला परेको थियो। जसमध्ये १५५ जनालाई निशुल्क औषधी बितरण गरिएको थियो भन्ने ४५ जनालाई निशुल्क चस्मा बितरण गरिएको थियो।

आगामी दिनमा आखाँमा फेला परेको मोतियाबिंद रोगीलाई निशुल्क शुल्यक्रिया गरिने आयोजकले जनाएको छ। केडिया आखाँ अस्पतालका नेत्र अधिकृत राजदेव साह,शिवशंकर प्रसाद लगायतको सहभागिता रहेको थियो।






