Categories समाचार

रेडक्रस बारे नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरुलाई जानकारी

Advertisement

वीरगंज । एभरग्रिन नर्सिङ्ग क्याम्पस वीरगंजका छात्राहरु नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामा अवलोकन गरेका छन । रेडक्रसले गर्ने गतिविधी र विभिन्न क्षेत्रमा रेडक्रस कसरी सक्रिय भई कार्य गर्दै आइरहेको बारे जानकारी गराइएको छ। 
        
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको रेडक्रसको  स्थापना, अभियान, गतिविधी तथा संगठनात्मक ढाचा रेडक्रसले गर्दै आएको सेवा मुलक कार्यहरुको बारेमा रेडक्रस पर्सा जिल्ला शाखाका सहायक राजन श्रीवास्त्वसले जानकारी गराएका थिए ।

रेडक्रसको सभाहलमा भएको जानकारी कार्यक्रममा विपद आएको बेला, सेवा मुलक कार्य तथा रेडक्रस सोसाइटीबाट संचालनमा रहेको कार्यक्रमहरु खुल्ला दिशामुक्त, रक्तदान, एम्बुलेन्स सेवा, विपद जोखिम न्युनिकरण, बाल संजाल तथा हाल चलिरहेको शितलहरीका कारण रेडक्रसले गर्दै आएको सेवा मुलक कार्य जस्तै जनचेतना एवं कम्बल वितरण कार्यक्रमहरुलाई सहभागी सबैलाई जानकारी गराइएको श्रीवास्त्वले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *