Categories समाचार

लगनमा अव्यवस्थित चाप न्युनिकरण बारे छलफल, १० बजे पछि डिजे बजाउदा कारबाही गरिने

Advertisement

वीरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिकामा रहेका होटल, पार्टिप्यालेस तथा धर्मशालाहरूमा हुने विवाहको समयमा बाटोमा सवारी साधन अव्यवस्थित भई दुर्घटना तथा जामलाइ कसरी न्युनिकरण गर्ने सम्वन्धी छलफल भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा “सवारी पार्किङ्ग व्यवस्थापन तथा दुर्घटना न्युनिकरण सम्वन्धी” कार्यक्रममा  विभिन्न विषयवस्तुमा निर्णय गरिएको थियो।

Advertisement

बसेको बैठकले विवाह, व्रतवन्ध लगायतको महोत्सवमा अश्विल नृत्य, गित संगित एवम् बाटोमा राति १० बजे पछि आरकेष्टाको कार्यक्रममा वन्देज गर्ने, ट्राफिक व्यवस्थापनको लागि सम्वन्धित धर्मशाला, होटल, पाट्टिप्यालेस आदिले सेक्युरिटी गार्ड राख्ने एवम् सवारी साधन पार्किङ् व्यवस्थापन गर्न जिम्मेवार हुने पर्ने, राती १० बजे पछि डिजे बाजा, चर्को व्याण्ड बाजामा रोक लगाउने, धर्मशाला, होटल, पार्टिप्यालेस लगायतको सि.सि. क्यामराको मर्मत सम्भारमा विशेष जिम्मेवार हुने।

Advertisement

त्यस्तै “घण्टाघर नजिकका धर्मशाला, पार्टिप्यालेस तथा होटल लगायतले वि.पि.पार्कमा”, “माईस्थान, आदर्शनगर क्षेत्र, पुरानो बसपार्कमा” र “अलखिया , छपकैया, विर्ता क्षेत्रले विर्तावजार तथा ईदगाडा क्षेत्रको खाली ठाउँमा पार्किङ्ग गर्ने , राति १० वजेपछि धर्मशाला, होटल तथा पार्टिप्यालेस लगायत अन्य क्षेत्रमा संचालित वार बन्द गर्ने साथै मादकपदार्थ नगर्ने नगराउने , जन्तीका सवारी साधनहरूले वन वे तथा नो एन्ट्री  लगायतका सडक नियमहरू पालना गर्ने गराउने जस्ता निर्णयहरू गरिएको हो । निर्णय विपरीत गरेको पाइएमा जिल्ला प्रहरी कार्यालय पर्साले कारबाही गर्ने छ।

जैन धर्मशालामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी  भिमकान्त पौडेल, प्रहरी नायब उपरिक्षक प्रह्लाद कार्की, प्रहरी निरीक्षक सुमन कार्की, प्रहरी निरीक्षक राजेशराज पुरी, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र पर्साका अध्यक्ष जयप्रकाश खेतान, छपकैया सामुदायिक सेवा केन्द्र पर्साका अध्यक्ष ग्यासुदिन अन्सारी, व्यवस्थित विरगंज अभीयानका संयोजक दिलिपराज कार्की, संजयकुमार मालु , सुरेश वगडिया , राजकुमार वैध, सुनिल ममोट,नन्दकिशोर गुप्ता लगायत विभिन्न होटेल, पार्टीप्यालेस, धर्मशालाको प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *