Categories समाचार समाज

आश्रमका आमा बुवालाई रमाइलो पिकनिक ।

Advertisement

वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्जमा आश्रीत आमा बुवालाई आज रमाइलो पिकनिक गराइएको छ। वीरगञ्ज शाखामा रहनु भएका ६२ जना मध्ये घुमफिर गर्न सक्ने ३५ जनालाई सहभागी गराएर पिकनिक आयोजना गरिएको हो ।

शाखाका आमा बुवालाई बस चढाई वीरगञ्जको पर्टकिय स्थल भिस्वा डाडामा लगेर विभिन्न खाने परिकार पकाएर खानपिन गराई नाचगान गरेर रमाइलो गराइएको मानव सेवा आश्रम वीरगञ्ज शाखा कि संयोजक सानु मानवसेवाले बताउनु भयो ।

Advertisement

आश्रमका संयवसेवकहरूको सहयोगमा कार्यक्रमको आयोजना गरी चौबिसै घण्टा आश्रम बस्न बाध्य रहनु भएको आमा बुवाहरूलाई समय समयमा रमाइलो गराउन पाउदा अत्यन्तै खुसी महसूस हुने र आमा बुवाहरूलाई औषधिले काम गरेको भन्दा बढी फाइदा हुने संयोजक मानवसेवाले थपनु भयो ।

Advertisement

पिकनिकमा मानव सेवा आश्रम प्रदेश २ का संयोजक देवेश मानवसेवा, आश्रमका अभिभावक डा दिपक शाक्या, राजेन्द्र भट्टराई, ओम झा, भोलेन्टियर लगायतको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *