काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएपछि अध्यक्षका दाबेदारी भीम रावलले त्यसको विरोध गरेका छन् ।
शनिबार चितवनको सेभेन स्टार होटेलमा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने जिम्मा ओलीलाई दिएपछि रावलले त्यसको विरोध गरेका हुन् ।
पौडेलले उक्त प्रस्ताव राख्दा सबैले हुटिङ र ताली बजाएर समर्थन गरेका थिए । तर, रावलले भने त्यसको विरोध गर्र्दै विधानबमोजिम चल्नुपर्ने बताएका छन् । पौडेलको प्रस्तावअनुसार अध्यक्ष ओलीले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पाएका छन् ।
रावलले भने, ‘हामीले विधानमा के लेख्यौं भनेर हेक्का राख्नुपर्छ । हामी केही बसेर विधान संशोधन गर्यौं भन्न मिल्दैन । कि त विधानमा अब आइन्दा निर्वाचन हुने छैन लेख्नुपर्यो ।’







