Categories राजनीति

ओलीबाट प्रस्तावित केन्द्रीय सदस्यले मनोनयन दर्ता नगर्दा यसरी निर्विरोध भए सिंह

Advertisement


चितवन- नेकपा (एमाले)को १०औं महाधिवेशनको अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका र बन्दसत्र हलबाट अनुमोदित भएका उम्मेदवारले मनोनयन दर्ता नगर्दा प्रदेश २ बाट वागी उम्मेदवारी दिएका अरविन्द सिंह एमालेको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

सिंह प्रदेश २ को खुला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। प्रदेश २ का खुला (पुरुष) केन्द्रीय सदस्यको छ जनाको सूचीमा छ जनाको मात्र मनोनयन दर्ता भएपछि सिंह निर्विरोध निर्वाचित भएका हुन्।

Advertisement

एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार प्रदेश २ को खुला केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्नेहरु सिंहसहित उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ र सुमन प्याकुरेल छन्। उनीहरु सबै निर्विरोध भएका छन्। ओलीले प्रस्ताव गरेको सूचीमा भने प्रभु साह, राम दयाल मण्डल, महम्मद समिर, लिलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान थिए।

Advertisement

तर, उनीहरुमध्ये मण्डल, समिर र पासवानले सोमबार मनोनयन नै दर्ता गरेनन्।

वागी उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका सिंह घनश्याम भुसालनिकट हुन्। उनी नवौं महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेर पराजित भएका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *