Categories राजनीति

एमाले महाधिवेशन : बिहानसम्म ७०० मत खस्यो, दिउँसोसम्म परिणाम आउने

Advertisement

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका अहिले मतदान जारी छ । बिहान ४ बजेबाट मतदान सुरु भएको हो । ६ बजेसम्मा करिब ७०० मत खसेकोा बताइएको छ ।

राति २ बजेबाट मतदानको कार्यतालिका तय भएको भए पनि ढिलो गरेर बिहान ४ बजे मात्र सुरु भएको थियो । मतदानपश्चात आजै दिउँसोसम्म नतिजा आइसक्ने जनाइएको छ ।

Advertisement

अघिल्लो दिनदेखि गएरातिसम्मै पनि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलेसहमतिका लागि प्रयास जारी राखेका थिए । तर भीम रावल लगायतका उम्मेदवार पछि नहटेपछि भने मतदान सुरु भएको हो । पहिलो मत ओलीले नै हालेको बताइएको छ ।

Advertisement

एमाले पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान भइरहेकाे हाे । अन्य पदमा भने सहमतिमै भागबण्डा मिलाइएकाे थियाे । न्यूज २४ मा न्यूज छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *