Categories राजनीति समाचार

एमाले अध्यक्षमा केपी ओली विजयी

काठमाडौं: नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। 

उनी एमालेमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। यसअघि नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए।

Advertisement

मंसिर १० देखि १२ गतेसम्म चल्ने भनिएको महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा सर्वसहमति नभएपछि थप दुई दिन लम्बिएको थियो। लामो मतभेदपछि केही पदमा सर्वसहमति गर्दै अध्यक्ष, उपाध्यक्ष, सहसचिव र खुलातर्फको केद्रीय सदस्यमा निर्वाचन भएको थियो। सोमबार अबेर रात सुरु भएको मतदान मंगलबार बिहानसम्म चलेको थियो।

Advertisement

ओलीको राजनीतिक यात्रा

विसं २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए उनी, त्यही वर्ष उनी जेलसमेत परेका थिए।

ओली तत्कालीन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए। ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए। विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन्। दोस्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए। अन्नपूर्ण पोस्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *