Categories राजनीति

भीम रावलले अस्वीकार गरे केन्द्रीय सदस्य पद

Advertisement

काठ्माडौं । नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् ।

मंगलबार बिहान भएको निर्वाचनमा रावल, केपी शर्मा ओलीसँग पराजित भएका थिए । नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुले मंगलबार साँझ शपथ लिएका छन् ।

Advertisement

तर रावलले शपथ लिन मानेनन् । आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएकाले उक्त पद स्वीकार नगर्ने बताए ।

Advertisement

उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *