Categories समाचार

वीरगञ्जबाट ४ लाख भन्दा बढी मूल्यको भन्सार छलिका सामाग्री बरामद ।

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलिका सामाग्री बरामद गरेको छ ।

वीरगञ्जको ईनर्वा गाउँ, नगवा र छपकैयाका विभिन्न स्थानबाट अवैध रुपमा भित्र्याइएका सामाग्री प्रहरीले बरामद गरेको हो ।

Advertisement

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ४ लाख ८५ हजार ४ सय ५० रुपैयाँ मूल्य बराबरको लत्ता कपडा तथा ईलेक्ट्रोनिक पार्टसहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Advertisement

प्रवक्ता खनालका अनुसार बरामद सामाग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार चलान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *