काठ्मान्डौं । महानगरीय प्रहरी प्रभाग ट्याङ्लाफाँटको नव -निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
आज किर्तिपुर नगरपालिका वडा २ मैत्रीनगर स्थित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव प्रसाद तिमल्सिनाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
किर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जन,उप-प्रमुख सरस्वती रिजाल (खड्का) र महानगरीय परिसर,टेकु,काठमाण्डौका प्रमुख प्र.व.उ. अशोक सिंह लगायत ४० जनाको उपस्थितिमा नव निर्मित कार्यालय महानगरीय प्रहरी प्रभाग ट्याङ्लाफाँट भवनको उद्घाटन गरिएको हो ।
कार्यालयका प्रमुख प्र.ना.उ. ठाकुर प्रसाद पोखरेललाई उक्त कार्यालय भवन हस्तान्तरण कार्यक्रम समेत सम्मपन्न गरिएको थियो ।







