Categories स्वास्थ्य

मुलुकभर थप ३१६ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

Advertisement

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ९१९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ८५ जना र १ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १७ हजार १८० पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा २५९ जना कोरोनामुक्त भए, ३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ५९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०३ हजार १६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ७२७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५३ लाख ६८ हजार १०१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *