Categories विदेश स्वास्थ्य हाइलाइट-समाचार

भारतमा पनि भेटिए कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमित

वीरगञ्ज । भारतमा पनि कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा दुई जनामा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि गरेको छ ।

Advertisement

भारतको कर्नाटका राज्यमा बिहिबार पहिलो पटक दुई जना व्यक्तिमा ओमिक्रोन भेरिएन्टको कोरोना पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवाल बताएका छन् ।

Advertisement

दुवै संक्रमितहरु ६६ वर्ष र ४० वर्षका पुरुष हुन् । ‘हालसम्म देशमा यो भेरियन्टबाट २ जना संक्रमित भएको पुष्टि भएको छ’, अगरवाले भने, ‘दुबै संक्रमित कर्नाटकका हुन् ।’

नभेम्बर महिनाको सुरुवातमा पहिलो पटक अफ्रिकी मुलूक दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भेरिएन्ट अफ कन्सर्न भनेर वर्गीकृत गरेको छ । 

हालसम्म ओमिक्रोन दुई दर्जनभन्दा बढी मुलुकमा देखिएको डब्ल्यूएचओले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *