वीरगंज । विश्व भरी विभिन्न कार्यक्रमका साथ अपाङ्ग भएका बालबालिका व्यक्तीहरुको मनोबल बढाउनका लागी विभिन्न संघसंस्थाबाट कार्यक्रम गरि आजको दिन अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउने गरिएको छ ।
वीरगंजमा ९ वर्ष देखी सिद्धार्थ माध्यमिक विद्यालयमा संचालनमा रहेको आशा किरण केन्द्रले सुस्तमनिष्थिती एवं मष्तिष्क पक्षघात वालवालिकाहरुका लागि दिवा सेवा प्रदान गरि मानविय सेवा कार्यमा टेवा पुर्याईरहेको छ ।
वीरगंज महानगरपालिकाको आयोजनामा आशा किरण केन्द्रको बच्चाहरुको लागी न्यानो कपडा वितरण कार्यक्रम गरि आज सो दिवस मनाइएको हो ।
वीरगंज महानगरपालिकाकि उपमेयर शान्ति कार्किको अध्यक्षतामा भएको थियो भन्ने प्रमुख प्रशासकिय अधिकृतले अनुगमन समेत गर्नुु भएको थियो । केन्द्रका कोषाध्यक्ष सन्दिप मोहता, डा. असोक दासले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो भन्ने अतिथीहरुलाई खादा ओढाई स्वागत गरिएको थियो ।

आशा किरण केन्द्रको वारेमा साथै सेवा कार्य एवं आउने दिनमा गरिने निशुल्क स्वास्थ शिविर, दैनिक शारीरिक सरसफार, खाजा सेवा, मनोरञ्जन, पारिवारिक भेटघाट गतिविधीहरुको बारेमा साथै यश प्रकारका बच्चा इश्वरको स्वरुप भएकोले निस्वार्थ रहि हामी आफ्नो श्रोत एवं विभिन्न निकायबाट सहयोगको अपिल गरि बालबालिकाहरुको कार्यमा लागिपरेको महासचिव राजन कुमार श्रीवास्तवले सहभागिलाई प्रस्ट पार्दै सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गरि रहनु भएको उपमेयर शान्ति कार्किले आशा किरण केन्द्रले गरेको सेवा कार्य निकै स्रहानिय रहेको साथै हाल सम्म गरिएको कार्यहरुमा महानगरपालिकाले सहयोग गरेतापनि अब आउने दिनमा मेरो व्यक्तीत तर्फ एवं अन्य पालिकाका साथै महानगरपालिकाबाट समेत यस केन्द्रको लागी अनिवार्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउदै केन्द्रका बालबालिकाहरुको बौद्धिक विकासको कामना गर्नु भएको थियो। कार्यक्रम संचालन महानगरपालिकाका अधिकृत रंजना पंडितले गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सन्दिप मोहताले बालबालिकाको आमा दिदिहरुलाई जाडोबाट बचनको लागी व्यक्तीगत खर्चबाट न्यानो साल सहयोग गर्नु भएको थियो । कार्यक्रममा आशा किरण कि रजनी वर्मा, सिन्धु कुशवाहा, बालबालिकाका परिवार प्रतिनिधी, महानगरपालिकाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।






