Categories समाचार समाज

अलाईड युथ सोसाइटीको आयोजनामा पहिलो पटक ह्वील चेयर म्याराथन

Advertisement

वीरगञ्ज ।  वीरगञ्जमा पनि ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ । दिवसका अवसरमा अलाईड युथ सोसाइटीले अपाङ्गता भएका व्यक्तिहरुको हौसला बढाउने अभिप्रायले वीरगञ्जमा पहिलो पटक ह्वील चेयर म्याराथनको आयोजना गरेको थियो ।

अलाईड युथ सोसाइटीले वीरगञ्ज महानगरपालिका, किरण आँखा अस्पताल, वीरगञ्ज कलेज, डिएभी स्कुल लगायतको सहयोगमा २ सय मिटर ह्वीलचेयर म्याराथन सम्पन्न भएको हो । वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसर्पाकमा भएको प्रतियोगीतामा ६ जनाको सहभागिता रहेको थियो ।

Advertisement

सोसाइटीका अध्यक्ष ओमकुमार झाको अध्यक्षतामा भएको प्रतियोगितामा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, आर्मीका मेजर कर्णेल मनोज कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, मानवसेवा आश्रम प्रदेश नम्बर २ का संयोजक देवेश मानवसेवा, भोलेन्टियर समूहका संयोजक राजन श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय क्रमश : राम महतो, सुरेश महतो र राम अयोध्या भएका छन् । विजेतालाई होटल हाइड आउटमा डिनर, बैशाखी, हिटर र कम्बल, द्वितियलाई कपडा, हिटर, सहित सहभागी सबैलाई थर्मस लगायतका सामाग्रीले पुरस्कृत गरिएको सोसाइटीका अध्यक्ष झाले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *