पर्सा । ट्याक्टरको टेलर पल्टिदा एक जनाको मृत्यु भएको छ।
पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिका वडा नं २ बस्ने ३५ बर्षिय साबिर खानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी गराउनु भयो ।
प्रहरी निरीक्षक थापाका अनुसार चापी टोलको गादी खोलाबाट बालुवा ल्याउदै गरेको अवस्थामा ना ५ त ४१०८ नम्बरको ट्याक्टरको टेलरको चक्काको बैरिङ्ग फुटेको हुदा ट्याक्टर साहु खान बैरिङ्ग फेर्ने क्रममा जक छटकेको हुँदा खानको च्यापेर मृत्यु भएको बताउनु भयो।







