Categories समाचार स्वास्थ्य

पर्सा जिल्लाको वीरगञ्ज सहितका नाकामा उच्च सतर्कता बढाइयो।

पर्सा । छिमेकी देश भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै भारतसंग खुल्ला सीमा जोडिएको पर्सा जिल्लाको वीरगञ्ज सहितका नाकामा उच्च सतर्कता बढाइएको छ ।

भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

Advertisement

नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनजर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आवश्यक निर्णय लिनका लागि ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

Advertisement

पर्सामा भारतबाट खुलारूपमा आवतजावत हुने भएका कारण जिल्लामा नयाँ भेरियन्टको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सक्रिय रूपमा काम गर्ने गरी योजना अघि बढाइएको ढकालले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *