Categories समाचार स्वास्थ्य

२५ महिला सहित ३ सय ४१ जनाले गरे रक्तदान

Advertisement

वीरगन्ज । मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १९ औं बर्ष पारगरी २० औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

वार्षिक उत्सवको अवसरमा आज आयोजित कार्यक्रममा २५ महिला, ३ सय १६ जना पुरुष सहित ३ सय ४१ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा ग्रमिण क्षेत्रका रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा विशिष्ट अतिथि पर्सा क्षेत्र नम्बर १ का संसाद प्रदिप यादवले रेडियो वीरगंजको टिमले सञ्चार क्षेत्रमा छुटै पहिचान बनाएको हुँदा रेडियो वीरगंजको इतिहास कसैले मेटेर मेट्न नसक्ने बताउनु भयो ।

Advertisement

यसअघि रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले रेडियो वीरगंज मध्यतराईका जनताको ढुकढुकी भएको कुरा रक्तदान कार्यक्रममा देखिएको उल्लेख्य सहभागिताले प्रमाणित गरेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले मध्यतराईमा रेडियो वीरगंजको छुटै पहिचान रहेको हुँदा रेडियो वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रम एतिहासिक भएको दावी गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले रेडियो वीरगंज परिसरमा विहानै देखिएको सहभागीताले रेडियोको भुमिका र सामाजिक उत्तरदायीत्वलाई देखाएको भन्नुहुँदै आगामी दिनमा रेडियोको अझै उन्नती र प्रगतीको कामना गर्दछु भन्नुभयो ।

Advertisement

रक्तदान गर्न बाराबाट आउनुभएका नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४नम्बर ४ ख का प्रदेश सभापति लोकेश सिंहले युवाहरु कुलतमा लागेर विग्रि रहेको अवस्थामा चेतनामुलक कार्यक्रममा सहभागि भई रक्तदान गर्नु महादान भएको बताउदै युवाहरुलाई समाजसेवामा जुटन आग्रह गर्नु भयो । कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले रेडियो वीरगंजकै कारण ग्रामिण क्षेत्रमा रक्तदान गर्ने व्यक्तिहरुमा जागृती आएको बताउनुभयो । जयसवालको नेतृत्वमा गाउँबाट ठुलो संख्यामा रक्तदाताहरु आईपुगेका थिए ।

त्यसैगरी रक्तदान कार्यक्रममा पकामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनाल, प्रहलाद कार्की, सशस्त्र प्रहरीका डिएसपी सुमन थापा, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेकपा एमालेका अध्यक्ष प्रभु हजरा, लोसपाका अध्यक्ष पुरुषोत्तम झा, नेजामुदिन सम्मानी, एमाले नेता शम्भु गुप्ता, सुन्दर कुर्मी, नेपाली कांग्रेसका क्षेत्रिय सभापति महमद सहाबुद्धीन, जसपाका प्रदेश सदस्य सलाउदिन अहमद, दिपक यादव, जनता समाजवादी पार्टीका नगर अध्यक्ष इश्वर यादव, महिला नेतृ रेखा साह, नेपाल रेडक्रस सोसाईटी, प्रदेश नम्बर २ का अध्यक्ष फुलमहम्मद मिया, रेडक्रसका अधिकृत उदयराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, रितेश त्रिपाठी, महासंघका जिल्ला सदस्य नरेश सरार्फ, अमित अग्रवाल, अजय चौरसिया फोटो पत्रकार संघका केन्द्रिय उपाध्यक्ष राम सरार्फ लगायतका संचारकर्मीहरु सहित वीरगंज युवा समाजका कमल चौगाई, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, दिलिप राज कार्की, राजन श्रीवास्तव लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको टोली सहित वीरगंज नर्सिंग क्याम्पसका नर्सहरुले प्राविधिक सहयोग पुर्याएका थिए । रक्तदान कार्यक्रममा किरण आखा अस्पतालले कार्यक्रम स्थलमै निशुल्क आखा परिक्षण शिवीरको आयोजना समेत गरेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल हिन्द रेडियो श्रोता संघका अध्यक्ष पन्नालाल पटेल लगायतको टिम तथा नेपाल विहार रेडियो श्रोता संघका अध्यक्ष हरेन्द्र यादव सहितको टोलीले रक्तदान गरी कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको थियो । यसैविच रक्तदान कार्यक्रमलाई समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष धु्रव साहले कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण स्रोता, विज्ञापन दाता, प्रायोजक शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले आगामी दिनमा पनि रेडियो वीरगंजले सबैबाट माया पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

साहले रेडियो वीरगंजको १९ औ बार्षिक उत्सवको अवसर पारेर टिभी विरगंजले नियमित प्रशारण शुरु गर्ने घोषणा गर्नुभयो । बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो बीरगंजले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि पाई रहने बिश्वास लिएको छ । यसैगरी रेडियो वीरगंजको वार्षिक उत्सवको अवसरमा आगामी मंसिर २५ गते आदर्शनगरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा देशका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने साहले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *