Categories समाचार

साधुको भेषमा दुइजना पक्राउ

Advertisement

वीरगंज । वीरगन्जको नगवाबाट साधुको सन्तको भेषमा रहेका दुई जना संकास्पद व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । वीरगंज १६ नगवाको बाबा होटल पछाडी रहेको गल्लीबाट साधुको भेषमा रहेका दुईजना अज्ञात व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन् ।

स्थानिय अंकित सर्राफको घरमा भिख माग्न पुगेका गेरुवा रङ्गको वस्त्र धारण गरी साधुको भेषमा रहेकासँग स्थानीयले १० वटा देवी देउताको नाम, गायत्री मन्त्र तथा उसले आफ्नो टाउकोमा लगाएको टिका के को हो ? भनेर प्रश्न गर्दा बताउन नसकेपछि शंका उब्जिन गएको थियो ।

Advertisement

स्थानियहरुका अनुसार उनीहरुले आफूलाई हिन्दु बताएपनि हिन्दु धर्मावलम्बीको एउटा गुण समेत उनीहरुमा देखिएन । गेरुवा कलरको वस्त्र धारण गरी साधुको भेषमा, घाँटीमा भगवान शिवको फोटो, हातमा त्रिशुल, कानमा कुण्डल, टाउँकोमा गेरुवा कलरकै पगरी लगाएको हेर्दा हिन्दु सन्तसाधु जस्तो देखिने तर हिन्दुको एउटा समेत गुण नभेटिएपछि ईलाका प्रहरी कार्यालयलाई शंका लागेर थप अनुसन्धान तथा कारवाहीको लागि वडा प्रहरी कार्यालयको जिम्मा लगाएका थिए ।

Advertisement

त्यसपश्चात सो ठाउँका स्थानीयहरुले इलाका प्रहरी कार्यालय नगवामा जानकारी गराउँदा इप्रका नगवाका प्रनानी उपेन्द्र प्रसाद यादवको कमाण्डमा गएको टोलीले ती गेरुवा धारी जोगीसँग सोधपुछ गर्दा पहिचान समेत नखुलाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले प्रारम्भीक अनुसन्धान गरेपछि पक्राउ परेका दुवैले आफनो घर ठेगाना गलत बताई रहेका थिए । कहिले दिल्ली त कहिले पन्जाब घर हो ? थरी थरीका नाम परिर्वतन गर्न थालेपछि थप उनीहरुमाथि शंका बढेको हो । आफूलाई जोगि बताएपनि कुनैपनि हिन्दु देवी देवताको नाम समेत बताउँन सकिरहेको छैन ।

नगवा प्रहरीले उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएर उनीहरुको शरीर खानतलासी गर्दा एक जनाको साथबाट बाल्यकालको फोटो अंकित भारतीय आधारकार्ड बरामद भएको थियो । जसमा बुवाको नाम सलिम मियाँ र पक्राउ परेका छोराको नाम दिपक रहेको थियो भने अर्कोको कुनै प्रमाण फेला नपरेपछि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरीले जनाएका छन् ।

पक्राउ परेका यिनीहरुको ३०÷३५ जनाको गिरोह रहेको बुझिएको छ । करिब ६ महिना पहिला अवैध रुपमा नेपाल प्रवेश गरेका यिनीहरु अस्थायी रुपमा बाराको जितपुरस्थित लालकापुल नजिकै डेरा जमाएर बसेका छन ।
साधुसन्तको भेषमा बारा, पर्सा लगायत नेपालको विभिन्न ठाउँमा घुम्ने गरेका छन । धर्म परिवर्तन गरी साधुसन्तको भेषमा रहेका यी गिरोहका व्यक्तिहरुले गेरुवा कलरको वस्त्र लगाई हाम्रो सान्धुसन्तलाई बदनाम गरी नेपालमा विभिन्न अपराधी गतिविधि घटना घटाई भाग्न सक्ने अनुमान समेत स्थानियले लगाएका छन ।

पक्राउ परेकाहरुमाथी प्रहरीले राम्ररी अनुसन्धान गरी दोषी ठहरिए कडा कारवाही गर्नुपर्ने माँग समेत स्थानियले गरेका छन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *