Categories साहित्य

मौनता (कविता)

जिवन एक यात्रा हो सोचेर बस्न सकिन्न,
बगेका खोला कहिले फकेर आउन सकिन्न।

कण कण साँचेर बुनेका ति मिठा सम्बन्धहरु,
एउटा सानो घटनाले टुट्न सकिन्न ।

Advertisement

बिर्सन सकिन्न ति मिठा रातहरु,
जस्मा हामी एकअर्कालाई घन्टौं सुन्थ्यौँ ।

Advertisement

आशुका थोपा सिरानिमा झर्न अघि तिम्रा न्यानो हाथहरु रुमाल झै भई दिने गर्थे,
आशु पुछदै आत्मबल बलियो बनाउने ति मिठाबातहरु आज कहाँ हराए
सङै गरिएका ती सच्चा बाचाहरु

छुटनै लेखिएको भए किन भेटेको हुन्थौ होला,
जति भेट भएता पनी ति दिनहरु वर्ष भन्दा कम त थिएनन् होला ।

मैले केहि नभन्दै मलाई बुझिदिने तिमी
आज किन मेरो मौनतालाई बुझन् सकिनौं……………।
आखिर गलति के त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *