Categories समाचार

पर्सामा खैरो हिरोइनसहित दुई जना पक्राउ ।

बीरगंज । पर्सा प्रहरीले अवैध लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मनवास्थित राजु डिजल ग्यारेजमा मोटरसाइकलको टङ्कीभित्र लुकाइछिपाई राखिएको अवस्थामा ना.५६ प ५४१७ नम्बरको पल्सर मोटरसाइकलको टङ्कीलाई चेकजाँच गर्दा टङ्कीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेटमा रहेको ३ दशमलव ५ ग्राम अवैध लागु औषध खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

Advertisement

घटनास्थलबाट प्रहरीले मोटरसाइकल धनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा बस्ने २६ वर्षीय रामबाबु ठाकुरसहित मोटर साइकललाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको खनालले बताउनुभयो ।

Advertisement

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा अवैध लागु औषध खैरो हिरोइनको कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले आजै वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बस्ने २१ वर्षीय सहजाद मन्सुरीलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाएको प्रवक्ता खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *