पर्सा । डिसेम्बर ५ का दिन विश्व भरि विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा भोलेन्टियर समूह बिरगंजको अयोजनामा हालै सुनिएको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरसको बारेमा बिद्यार्थीहरु सङ अन्तरक्रिया कार्यक्रम गरिएको हो।
भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि बरिस्ठ चिकित्सक डा.निरज सिंहले नयाँ भेरिएन्टको बारेमा सहभागी विद्यार्थीलाइ प्रशिक्षण दिनुका साथै बिगतका दिनमा भएका कमि कमजोरिलाइ ध्यानमा राखी रोगबाट आफु वचन र अरुलाइ समेत बचाउनका लागि प्रयास गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

विशिष्ट अतिथिमा बालरोग बिसेषज्ञ डा. असोक दासले रोगले कुनै उमेर चिन्दैन रोग जसलाइ पनि हुन सक्ने र हामिले रोगबाट बचनका लागि आफ्नो नियमित प्रयास गरिराख्नु पर्छ र रोगलाइ परास्त गर्नलाइ मनोबल मजबुत बनाउनु पर्ने कुराका जोड दोनु भएकोथियो ।
कार्यक्रममा समुहका सदश्य एवं स्वास्थकर्मी अनिषकान्त कुश्वाहाले बिगतका अनुभव सङै सहभागीलाई शुभकामना मन्तबय दिनु भएको थियो भने गलोबल बिजनेस कलेजका संचालक द्वय निभा दास र असोक सरार्फले सहभागी एवं आयोजक समूह प्रती धन्यवाद ब्यक्त गरे ।

कार्यक्रमको अन्तमा भोलेन्टियर समुहका संयोजकले कोभिड कालमा चिकित्सकहरु सङ मिलेर गरिएको सेवा कार्यको स्मरण गर्दै आउने दिनमा अझ सक्रिय भइ भोलेन्टियर समूह लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्दै आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा शुभकामना दिदै आ-आफ्नो ठाउबाट मानबिय सेवाकार्यमा निस्वार्थ योगदान गर्न आग्रह गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
गलोबल क्लेजको सभाहलमा भएको सो कार्यक्रममा मानवसेवा आश्रम प्रदेश २ का संयोजक देवेस गुप्ता, १०० ग्रुपका बिक्की गुप्ता, अनिसकान्त कुश्वाहा, चित्रान्स युवा समितिका रितिक श्रीवास्तव, स्पर्श अस्पतालका रुपक पटेल, कलेजका विद्यार्थी , लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन समुहका महासचिव श्याम सरार्फले गर्नु भएको थियोे ।







