सर्लाही । अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय बरहथवाले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशंकर यादवको कमान्डमा खटिएको प्रहरी टोलिले अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका १ बर्ष देखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको हो ।
सर्लाही जिल्लाको बसवरिया गाउपालिका वडा नम्बर २ मानपुर बस्ने राम प्रगास सहनीको २३ बर्सिय छोरा दिलिप सहनीलाई पक्राउ गरिएको सर्लाही प्रहरी नायब उपरीक्षक यादवले बताउनु भयाे ।
अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी सहनीलाई पक्राउ गरि अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गरूडा रौतहट पठाइएको सर्लाहीका प्रहरी नायब उपरीक्षक यादवले बताए ।







