Rato Pana
स्वास्थ्य

वीरगन्जका ७ वटा पसललाई जरिवाना

वीरगन्ज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले वीरगन्जका ७ वटा पसललाई जरिवाना गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको संयुक्त नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य संघ, कन्जुमर आई नेपालको प्रतिनिधि सहितको अनुगमन टोलीले ५ हजार देखि १० हजार सम्म जरिवाना गरेकाे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय सूचना अधिकारी दिलिपि खंग खत्वेले जानकारी दिनु भयो ।

वीरगंज बजारकाे अनुगमन गर्दा देहायका फर्मले उपभोक्ता संरक्षण ऐन,२०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोही ऐन,को दफा ३९ बमोजिम तत्काल जरिवाना गरिएको छ । न्यू गेजेटस जोन, वीरगंज १३ पर्साले खरिद बिल नदेखाएकोले १० हजार, बालाजी डिपाटमेन्टल स्टोर्स वीरगंज १० पर्सा खरिद बिल नदेखाएकोले १० हजार, न्यू मेलोडी वीरगंज ७ रेश्मकोठी पर्सा खरिद बिल नदेखाएकोले १० हजार, रुची सापिंग सेन्टर वीरगंज ७ पर्सा खरिद बिल नदेखाएकोले १० हजार, राईट च्वाईस वीरगंज ७ पर्सा खरिद बिल नदेखाएकोले १० हजार, नेपाल म्युजिक सेन्टर वीरगंज ६ पर्साले अनुगमन टाेलीलाई कार्यमा असहयोग गरेकोले १० हजार र कादमिया स्टोर्स वीरगंज ७ पर्साले अनुगमन कार्यमा असहयोग गरेकोले ५ हजार जरिवाना गरेकाे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय सूचना अधिकारी खत्वेले बताए ।

उक्त रकम सात दिन भित्र बैकमा जम्मा गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय सूचना अधिकारी खत्वेले बताए ।

सम्वन्धित समाचार

Leave a Comment