Categories धर्म/संस्कृति समाचार

वीरगंज २४ बहुवरीमा ७ दिने श्रीमद्भागवत महापुराण ज्ञान-यज्ञ शुरु

पर्सा ।  वीरगंज महानगर वडा न. २४ बहुवरीमा आजदेखि ७ दिने श्रीमद्भागवत महापुराण ज्ञान-यज्ञ सुरु भएको छ । 

बहुवरी गाँउको श्री रामजानकी मन्दिरको प्रांगणमा आयोजित ज्ञान-यज्ञको प्रदेश २ का प्रदेश सांसद रमेश पटेलले आज एक कार्यक्रम बीच उद्घाटन गरेका छन् । 

प्रदेश सांसद पटेलले ज्ञान-यज्ञको पहिलो दिन आयोजित जलयात्रा कार्यक्रममा विधिवत रुपमा पूजापाठ गरेर उद्घाटन गरेका हुन् । 

ज्ञान-यज्ञमा सहभागी प्रदेश सांसद पटेलले विश्वमा फैलिरहेको कोरोनाभाइरस लगायात विभिन्न रोगलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण रुपले अपनाएर पूजा गर्न श्रद्धालुहरुलाई आग्रह गरेका थिए ।

त्यस्तै महायज्ञमा  प्रबचनकर्ता, गायकहरुका लागि नि:शुल्क खाने र बस्ने व्यवस्था समेत गरिएको छ । ७ दिन नियमित श्रीमद्भागवत कथा र गित संगीत हुने आयोजक समितिले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *