Categories समाचार

भन्सार छलि भित्र्याईएको विभिन्न सामान सहित ट्रक तथा चालक पक्राउ

Advertisement

बीरगंज । अवैध रुपमा भन्सार छलि भित्र्याईएको ५० लाख भन्दा बढीको भारतीय कपडा, किराना सामान लोड गरेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक सहित चालक समेत प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा वीरगंजबाट पोखरातर्फ जादै गरेको ना.३ ख २२९ नम्बरको मालवाहक ट्रकलाई गएराति १२ बजे वीरगंजको घण्टाघर चोकबाट प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल विजक नभएको भारतीय कपडा तथा किराना सामग्री भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनु भयो ।

Advertisement

भन्सार छलि भित्र्याईएका भारतीय कपडा, खुद्रा सामग्री सहित नियन्त्रणमा लिएको ट्रकलाई ५० लाख मुल्यांकन गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय वारा पथलैयामा बुझाईएको प्रवक्ता खनालले बताउनु भयो ।

Advertisement

ट्रक सहित चालक बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं.९ निवासी २५ बर्षिय सागर रायलाई समेत नियन्त्रणमा लिई थप कारवाहीका लागि राजस्व अनुसन्धानमा पठाईएको प्रवक्ता खनालले बताउनु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *