Categories खेलकुद समाचार

पर्सा सुनचाँदी कारिगर संघ द्वारा आयोजित स्वजातीय दोस्रो सोनार प्रिमियर टुर्नामेन्ट हुने।

वीरगंज । पर्सा सुनचाँदी कारिगर संघ द्वारा आयोजित स्वजातिय दोस्रो सोनार प्रिमियर लिग डे-नाइट T – 20  क्रिकेट टुर्नामेन्ट पौष २० गते बाट सुरु हुन् गइरहेको जनाईएको छ।

फारम भर्ने अन्तीम  मिति मंसिर २९ गते सम्म रहेकोले पर्साका स्वजातिय लाइ फारम भर्न आयोजक समितिले अनुरोध समेत गरेको छ । फारम बितरण हुने स्थान माई स्थान मन्दिर पछाडीको शारदा ज्वेलर्स र चुरिया माइ ज्वेलर्स रहेको छ। साथै उल्लेखित सम्पर्क नम्बरहरूमा ९८०२५२०१९३ ,९८०६८६१००० , ९८१५२९०००१, ९८११२३५५६६, ९८१७२९०७१३,  सम्पर्क गरेर पनी फारम भर्न सकिने छ।

Advertisement

पहिलो सोनार प्रिमियर लिग संस्करण को बिजेता रोहित ज्वेलरी थियो भने उपबिजेता घण्टाघर स्टार रहेको थियो।

Advertisement

पहिलो सोनार प्रिमियर लिगमा बिजेतालाई ५०००० र उपबिजेतालाई २५००० प्रदान गरिएको थियो भने यसपाली बिजेतालाई ७५००० र उपबिजेतालाई ३५००० दिइने समितिले जनाएको छ।

खेलबाट्ट मानिषमा उर्जा थपिनुको साथै चुस्त दुरुत महसूस हुने भएकोले आफ्ना काम बाहेक केहि समय खेल लाई पनी दिनुपर्छ भन्दै आयोजना गरिएको पहिलो प्रिमियर लिगबाट्ट प्रभावित भएर दोस्रो प्रिमियर लिग गर्नलागिएको पर्सा सुनचाँदी कारिगर संघ पर्साका सदस्य तथा समितिका कोषाध्यक्ष हरिओम सरार्फले जानकारी गराउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *