Categories विदेश

अमेरिकामा विनाशकारी आँधीबाट मर्नेको संख्या ७० नाध्यो

Advertisement

न्युयोर्कः अमेरिकामा विनाशकारी आँधीका कारण ७० जना भन्दा बढीको मृत्यु भएको छ। केन्टकीका गर्भनरले यो संख्या अझै बढ्नसक्ने बताएका छन्।

उनका अनुसार मृतकको  संख्या  अझै बढ्ने छ।गर्भनर एन्डी बेशियरले विनाशकारी आँधी अहिलेसम्मकै डरलाग्दो रहेको बताएका छन्।

Advertisement

त्यहाँको विभिन्न गोदामहरुमा कामदारहरु फसेको बताइएको छ। केन्टकी लगायत अमेरिकाको अन्य ६ राज्यमा विनासकारी आँधीले नराम्ररी असर पारेको छ ।

Advertisement

न्युयोर्क टाइम्सका अनुसार केन्टकीको मेफिल्डमा रहेको मैनबत्ति कारखानमा एक सयभन्दा बढी कामदारहरु फसेका छन्। गर्भनर बेशियरले उनीहरुको तत्काल उद्धार नगरे धेरै मानिसको ज्यान जानसक्ने उल्लेख गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *