अन्जु कुमारी
वीरगंज । जिल्ला ट्राफिक कार्यालय पर्साले सवारीसधानमा नम्बर प्लेट लेख्न लगाउने र प्रेसर हर्नको सोली निकाल्ने अभियान संचालन गरेको छ ।
सवारी साधनमा नम्बर प्लेट नहुने, नम्बर प्लेट मेटिएका कारण दुर्घटनामा संलग्न रहेको र दुर्घटना हुँदा सडकमा अलपत्र परेका चालकहरुको उद्दारका लागि आफन्तलाई खबर गर्न समस्या हुने, चोरीको सवारी साधन पत्ता लगाउन समस्या हुने भएपछि नम्बर प्लेट लेख्न लगाउने र प्रेसर हर्नको सोली निकाल्ने अभियानलाई तिव्रता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीले जानकारी दिएका छन ।
विभिन्न स्थानमा चल्ने सवारी साधनको नम्बर प्लेट भए÷नभएको र स्पष्ट नबुझिने गरी मेटिएका सवारीको चेकजाँच भईरहेको कार्कीले जानकारी दिए । त्यस्तै पर्सामा सञ्चालित प्रेसर हर्न बजाउने ठूला सवारी साधनलाई पनि कारवाही गरिएको छ ।







