अन्जु कुमारी
पर्सा । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस नेपालमा पुष्टी भएपछि प्रदेश २ मा विशेष तयारी थालिएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिनका लागि निर्देशनालयले तयारी थालिसकेको कार्यक्रममा सहभागी स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए।
उनले प्रदेशमा रहेको १ सय ३० भेन्टिलेटर, २ सय २४ आइसीयु बेड, ५ सय ८९ एचडियु बेड र १ हजार ३ सय २४ सामान्य बेडलाई तयारी अवस्थामा राखिएको बताए ।
विश्व स्वास्थ्य संगठनको प्रदेश २ स्थित जनकपुरधाममा रहेको कार्यालयले विशेष तयारीमा समेत जुट्न अनुरोध गरेको छ ।
