Categories राजनीति

प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ भन्ने थाहै होला : देउवा

Advertisement

काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा आफूलाई जिताउन आग्रह गरेका छन् । उनले आफू हारेमा प्रधानमन्त्रीबाट हटाउनेछन् भन्दै जसरी भए पनि जिताउनुपर्ने जिकिर गरेका हुन् ।

आज (आइतबार) काठमाडौँमा महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान गर्ने क्रमम उनले भने, ‘मैले फेरि पनि पार्टी सभापति भएमा यो सरकार टिकिरहनेछ नत्र प्रधानमन्त्री बनिरहन पाइँदैन । राष्ट्रिय चुनावसम्मका लागि यही सरकारलाई टिकाउनुपर्छ ।’

Advertisement

उनले अहिले पार्टी सभापति हारेमा नैतिकताले पनि प्रधानमन्त्रीमा बसिरहन नपाइने भनेर होहल्ला गर्नेछन् भन्दै जसरी पनि सभापति जित्नु आवश्यक रहेको बताए । आफूले सभापतिमा जितेमा मात्र सबै पार्टीलाई मिलाएर सरकार बनाउन सक्ने समेत उनले दाबी गरे ।

Advertisement

उनले थपे, ‘मैले सभापतिमा जिते मात्रै सबै पार्टीहरुलाई मिलाएर सबै दलको सरकार बनाउन सक्नेछु । हारेँ भने त हार्नेलाई प्रधानमन्त्रीबाट हटाउनेछन् । प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ भन्ने थाहै होला ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *