वीरगंज । पर्सा प्रहरीले अठार लाख रकम सहित हुण्डी कारोबार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ। आज १५:०० बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज म.न.पा.वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गर्दा मोटरसाइकल सवार दुबै जना पक्राउ परेका हुन ।
जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० बस्ने २८ वर्षका चन्दन कुमार साहले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रू.१८,००,०००।– (अठार लाख) फेला परेको हुँदा उक्त रकम बरामद गरी सो कार्यमा सलंग्न जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१० बस्ने ४४ वर्षका ओमप्रकाश गुप्ता समेत दुई जनालाई उल्लेखित मोटरसाइकलसहित नियन्त्रणमा लिईएको छ।
दुबैजना माथी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।







