Categories समाचार समाज

लागु औषध सहित भारतका ८० वर्षिय कपुर पर्सामा पक्राउ ।

Advertisement

वीरगंज । पर्सामा लागु औषध सहित ८० वर्षिय एक बृद्ध पक्राउ परेका छन। आज बिहान अन्दाजी ०९:४५ बजे  पक्राउ परेका हुन ।

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ स्थित प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

Advertisement

परवानीपुरबाट हेटौडातर्फ जान गाडी कुरी बसिरहेका भारत, विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.११ मारवाडी टोल बस्ने ८० वर्षिय विजय कुमार कपुरको झोला चेकजाँच गर्दा खैरो रंगको ब्लाङ्केटको झोलाभित्र लुकाइछिपाई ल्याएको लागु औषध सहित उनी पक्राउ परेका हुन ।

Advertisement

नुफ्रिन ५०० एम्पुल, डाइजीपाम ५०० एम्पुल र प्रोमिफाइजाम हाईड्रोक्लोराइड ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *