Categories समाचार समाज

विवाह गर्ने प्रलोभन देखाई १६ वर्षीया किशोरीलाई करणी गर्ने भारतका एक जना पक्राउ।

Advertisement

वीरगंज । बालिकालाई जबरजस्ती करणी गर्ने एक जना  पक्राउ परेका छन ।

१६ वर्षीया पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई यहि असार २४ गते फोन गरी बोलाई वीरगञ्ज महानगरपालिका वडा नं.११ श्रीपुर स्थित आफ्नै कोठामा लगी सोही दिन राति अंदाजी २२:०० बजे पटक-पटक करणी गरेको अभियोगमा उनी पक्राउ परेका हुन ।

Advertisement

बालिकाको अभिभावकले असार २६ गते जाहेरी दर्खास्त दिएको आधारमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वार्ड नं.२ तसिल गाडीगाड बस्ने २९ वर्षका सतवन्त सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

सिंहलाई जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.११ श्रीपुर स्थितबाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट दिन  ५ (पाँच) म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *