काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा कोही पनि निर्वाचित भएनन् ।
आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । तर, सभापतिको उम्मेदवार पाँचै जनाले बहुमत ल्याउन सकेनन् । साेमबार भएकाे मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए ।
मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८३ मत पुगेन ।सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १७४९ मत पाए, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका छन् ।
अब शेदरबहादुर देउवा र शेखर कोइलाबीच पुनः निर्वाचन हुने पक्का भएको छ । पार्टीको निर्वाचन समितिका अनुसार आजै मदतान गर्ने तयारी गरिएकाे छ ।







