Rato Pana
धर्म/संस्कृति

स्वास्थ्यले साथ दिनेछ ।

मेष : कार्य व्यस्तताले आफ्नो महत्वपूर्ण भेटघाट रोकिने छ । आफन्तको सहयोग प्राप्त हुनेछ । केही हतारको निर्णयले आर्थिक नोक्शानी व्योहोर्न पर्नेछ ।

वृष : पारिवारिक भेटघाटमा व्यस्त भइनेछ । रोकिएका कार्यहरू सन्ध्याकालमा मिल्ने छन् । प्रेम मिलनको संभावना रहेकोछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।

मिथुन : व्यापारिक वर्गको लागि राम्रो समय रहेको छ । आफन्तको सहयोग मिल्ने छ । अहंकार भावले सम्बन्धमा ह्रास आउनेछ । खानपानमा विचार गर्नुहोला ।

कर्कट : प्रेमसम्बधको कारणले गर्दा पारिवारिक सम्बन्धमा विवाद आउने छ । नयाँ कार्य आरम्भ गरिनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । स्वास्थ्यले साथ दिनेछ ।

सिंह : मनमा नयाँ नयाँ सोच तथा विचारको उदय हुनेछ । केही खराब व्यक्तिको संगतले भक्तिगत चरित्रमा समस्या आउने छ । प्रेमिको सहयोग तथा मार्ग दर्शन मिल्नेछ ।

कन्या : नसोचेको आर्थिक क्षति हुने छ । मात्रामा महत्वपूर्ण सामाग्री हराउन सक्ने छ । अध्ययनको क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ । सन्ध्याकालमा मनोरञ्जनात्मक कार्यक्रममा सहभागि भइनेछ।

तुला : व्यवसायीक लगानीको संभावना बढेर जानेछ । रोजगारिको अवसर मिल्नेछ । नयाँ प्रेम सम्बन्ध अगाडि बढ्नेछ । सन्ध्याकालीन उपलब्धि बढ्नेछ ।

वृश्चिक : शत्रु वृद्धि हुने छन् । आफन्तको सहयोग नमिल्नाले आर्थिक नोक्शानी भोग्नुपर्ने छ । विद्यार्थी वर्गको लागि राम्रो अवसर रहेको छ । प्रेमप्रेमिका प्रेमसम्बन्धमा नराम्रो संग विवाद निकालेर अरुले फाइदा लिनेछन् सचेत रहनु होला ।

धनु : यात्राको सुअवसर मिल्ने छ । स्वास्थ्यमा सुधार आउनेछ । विद्यार्थी वर्गको लागि नसोचेको अवसर मिल्नेछ व्यपारिक तथा राजनैतिक मित्रताको कारणले रोकिएक कार्यहरू बन्नेछन् ।

मकर : आर्थिक उन्नति सामाजिक प्रतिष्ठा बढ्नेछ । प्रेमको सम्बन्ध अगाडी बढ्नेछ । दाजुभाई तथा पारिवारिक विवाद उत्पन्न हुनाले नसोचेको सम्बन्ध विग्रनेछ ।यसैले निकै संयमित रहनु होला । अध्ययना राम्रो नतिजा आउनेछ ।

कुम्भ : आर्थिक कारणले गर्दा मित्रतामा चिसोपन आउनेछ । सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ । राजनैतिक सफलता मिल्नेछ । नसोचेको तर इच्छायिएको प्रेमसम्बध अगाडी बढ्नेछ ।

मीन : व्यापार व्यवसायमा सफलता मिल्नेछ । सामाजिक संघसंस्थामा आर्थिक सहयोग गर्नुपर्ने देखिन्छ स्वास्थ्यमा मध्यान्ह पछि पेट सम्बन्धी समस्या आउनेछ प्रेमसम्बन्धमा विवाद आउनेछ ।

सम्वन्धित समाचार

Leave a Comment