Categories कृषि समाचार

सरकारले खरिद गरेको ७ हजार मेट्रिक टन मल विरगञ्ज भन्सारमा अलपत्र

Advertisement

काठमाडौं । सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल विरगञ्ज भन्सारमा एक वर्ष देखि अलपत्र रुपमा फालिएको छ।

गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो। तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तर हिन भएको भन्दै भन्सार पास नहुँदा विरगञ्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको छ।

Advertisement

सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकता बन्दरगाहमा धेरै समय बसेको थियो। कोलकता बन्दरगाहका बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो। कोलकताबाट नै ड्यामेज भएर नेपाल ल्याइएको थियो। कोलकता भन्सारमा छाड्न नमिलेकाले विरगञ्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलफत्र रुपमा छाडिएको छ।

Advertisement

ड्यामेज भएर मल भन्सारमा आएकाले राख्न समस्या भएकाले बाहिर खाली भागमा राखिएको भन्सार कार्यालयले जनाएको छ। भिजेको मलले गोदाम मात्रै ओगटेको र त्यसको व्यवस्थापन गर्न नसकिएका कारण बन्दरगाहको खाली भू–भागमा अलपत्र तरिकाले मल फालिएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *