Categories समाचार स्वास्थ्य

वीरगञ्जमा हस्पिटल वेस्ट मैनेजमेन्ट सेन्टरको उद्वघाटन ।

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले ग्रिन हस्पिटल वैस्ट म्यानेजमेन्ट सेन्टरको उद्घाटन गरेका छन् । लोक कल्याणकारी योजनाअन्र्तगत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा ६ करोड २२ लाखको लागतमा निर्मित सेन्टरको नगरप्रमुख (मेयर) सरावगीले सोमवार उद्घाटन गरेका हुन् । 

वीरगञ्ज महानगर क्षेत्र भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट निस्किएका फोहोर पदार्थ, मानव अङ्ग लगायतका बेकार पदार्थलाई अत्याधुनिक मेसिनद्वारा व्यवस्थापन गर्न सेन्टरको निर्माण गरिएको हो । 

Advertisement

सेन्टरको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनका लागि सेन्टर सहयोगी साबित हुने विश्वास व्यक्त गरे ।  यसअघि उचित व्यवस्थापन नहुँदा नगरवासीको स्वास्थ्यमा नकरात्मक असर पर्ने गरेकोमा अब त्यसको अन्त्य भएको सरावगीको दावी छ ।

Advertisement

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानले वीरगञ्जमा पहिलो पटक नमुना काम भएकोमा खुशी व्यक्त गरे । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *