Categories राजनीति

अस्ती जसपा,हिजो नेकपा एमाले र आज फेरी जसपा

आफू जसपामा रहेको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष चौधरीको स्पष्टोक्ति

पर्सा : पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फूलमतीदेवी चौधरीले आफू जनता समाजवादी पार्टी (जसपा) मै रहेको स्पष्टोक्ति दिएकी छन्।

उनले आफ्नो गाउँपालिकाको विकास गर्न विभिन्न नेतासँग भेट्ने क्रममा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटलाई लिएर विभिन्न अनलाइन सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।

Advertisement

गाउँपालिका उपाध्यक्ष चौधरीले आज प्रेस विज्ञप्ति जारी गर्दै आएको विभिन्न सञ्चारमाध्यमको समाचारको खण्डन गर्दै आफू जसपामा यथावत् रहेको जानकारी गराएकी छन्।

Advertisement

उनले आफू कुनै पार्टीमा प्रवेश नगरेको र जसपाप्रति पूर्ण बफादार रहेको बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *