Categories समाचार

१५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि बुधबार विज्ञापन खुल्दै

काठमाडौं: शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञापन खुलाएको छ। आयोगले १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको सूचना अधिकारी सुदर्शन मरहठाले जानकारी दिए।

उनका अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्ब शुल्कमा परीक्षा आवेदन फारम भर्नुपर्ने छ। ‘चैत १५ परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ,’ उनले अन्नपूर्णसँग भने। 

Advertisement

विज्ञापन भोलिको गोरखापत्र दैनिकमा प्रकाशन हुने उनले बताए। 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *