Categories राजनीति

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

Advertisement

काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। काठमाडौंमा जारी पार्टीको १४औं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी भएका हुन्। 

सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७२४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८१७ मत प्राप्त गरे। कांग्रेसका कूल ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४५६४ जनाले मतदान गरेका थिए। 

Advertisement

यसअघि १३औं महाधिवेशनमा देउवाले रामचन्द्र पौडेललाई पराजित गर्दै पार्टी अध्यक्षमा निर्वाचित भएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *