Categories समाचार

सेढवामा जिल्ला खानेपानी पर्सा द्वारा निर्मित पानी ट्यान्कि टावर प्रयोगबिहिन

अमित अग्रवाल
वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाको वडा २ सेढवामा जिल्ला खानेपानी पर्सा द्वारा निर्माण गरिएको पानी ट्यान्कि टावर ९/१० बर्ष देखि प्रयोगबिहिन रहेको अवस्थामा देखिएको छ।

२०६८ मा दुई करोडको लागतमा निर्माण गरिएको पानी ट्यान्कि प्रयोगबिहिन भएकोले करोडौंको लागतमा बनाएको कुनै औचित्य नरहेको स्थानीयले बताएका छन।

Advertisement

पानी ट्यान्कि निर्माण उपभोक्त समितीका अध्यक्ष   जिराभवानी गाउँपालिका वडा २ बस्ने हरिनारायण यादवको भनाई अनुसार जिल्ला खाने पानी कार्यलय पर्साले ठेक्कामा दिएको थियो। ९/१० बर्ष बितिसक्दा पनि प्रयोगमा नाअएको अवस्था रहेको र दुई कोठे भवन पनि प्रयोग बिहिन रहेको यादवको भनाई रहेको छ।

Advertisement

सरकारी लागतमा बनाईएको पानी ट्यान्कि र दुई कोठे भवन सञ्चालन नहुदा रेखदेखको अभावमा खंडरमा परिण्त भएपनी सम्बन्धित निकायलाई कुनै सरोकार नरहेको देखिन्छ। संञ्चालन गर्न सके प्रभावित स्थानीयलाई पानीको समस्या समाधान हुने सर्वसधारणको बुझाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *