Categories शिक्षा समाचार

सुन्दरमल रामकुमार कन्या माविको भवन मर्मत तथा जिर्णोद्वार कार्यको समुदघाटन सम्पन्न ।

Advertisement

बिरगंज । बिरगंज का मेयर बिजय सरावगिले सुन्दरमल रामकुमार कन्या मावी को भवन मर्मत तथा जिर्णोद्वार को एक कार्यक्रम बिच समुदघाटन गरेका छन । सुन्दरमल रामकुमार कन्या मावी को प्राङ्गणमा भएको सो समुदघाटन कार्यक्रम को अध्यक्षता विधालय ब्यवस्थापन समिती का अध्यक्ष एवम दाता परिवारका सदस्य प्रदिप केडिया एवम बिरगंज का मेयर बिजय सरावगिको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

सो अवसरमा प्रमुख अतिथी सरावगिले कन्या मावी एतिहासिक विधालय हुनु का साथै पुर्ण महिला नेतृत्व को कन्या विधालय भएको मा आफू निकै हर्षित रहेको बताउनु का साथै आफू पनि यहाँ पढेको जानकारी गराउदै यस्को बिकासमा आफू मेयर भए पनि नभए पनि सेवा सहयोग गर्दै जाने प्रतिबद्धता पनि ब्यक्त गरेका छन ।

Advertisement

अध्यक्ष केडियाले कन्या मावी मा हाम्रै घर समाजका छोरी बेटिहरु पढेर माता सरस्वती को आशीर्वाद पाएर आफ्नो बौद्धिक स्तर सुधार्दै आत्मनिर्भर बनी आफ्नो परिवार ,समाज र देश को सेवा गरेको देख्दा आफुलाइ निकै खुशी लाग्ने गरेको र दाता परिवार को भएकोले गर्व पनि लाग्छ साथै यस्को चौतर्फी स्तरउन्नति को लागि आफू हरपल तैयार रहेको बताउदै महानगरपालिका लाई मर्मत तथा जिर्णोद्वार को लागि धन्यवाद पनि दिनु भयो ।

Advertisement

बिशिस्ट अतिथी बिमनपा शैक्षिक महाशाखा का प्रमुख अरविन्द लाल कर्ण , अतिथिहरु बिमनपा वडा ४ का वडाअध्यक्ष जगत साह कानु ,नेपाल रेडक्रस सोसाइटी पर्सा का उपाध्यक्ष समाजसेवी मधु राणा, बिधालय ब्यवस्थापन समिती का सदस्यहरु बरकतुन नेसा- सरिता देवि- नइम मिया धुनिया-राज कुमार साह कानु- शिक्षक प्रतिनिधि अन्नपुर्णा मानन्धर लगायत शिक्षिकाहरु तथा बिद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

निवर्तमान प्र अ शशिलता गिरि को अवकाश को अवसरमा उहाँलाइ बिदाइ पनि गरिएको थियो । उहालाई प्र अ अनिता साह ले फुल को माला लगाइ तथा फुलको गुच्छा प्रदान गर्नु का साथै उहाको अविस्मरणीय योगदान यो बिधालय ले नबिर्सने भन्दै उहाप्रती सम्मान प्रकट गरेकि थिइन भने विधालय परिवार , अतिथिहरु र बिद्यार्थीहरुले उहालाई मार्मिक बिदाइमा सम्मान प्रकट गरेका थिए ।

अरविन्द लाल कर्ण , मधु राणा, जगत साह कानु,शशिलता गिरि लगायत ले विधालय को शैक्षिक अवश्था र बिधालय ब्यवस्थापन समिती को खुलेर प्रसंशा गरेका थिए भने सो समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य स प्र अ लक्ष्मी सिंह ले गर्नु भएको एवम सहजीकरण मन्जु कोइरालाले गर्नु भएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *