Categories Uncategorized समाचार समाज

१६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेकाे आराेपमा नगवाका नितेश पक्राउ

Advertisement

वीरगंज । जबरजस्ती करणी गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवाका १९ बर्षिय नितेश कुमार महतोलाई पक्राउ गरेकाे हाे ।

मंसिर २३ गते कलेज पढन जाने क्रममा जिल्ला पर्सा बहुदरमाई नगरपालिकाकाे वडा नं.४ टोल डकैलास्थित आफ्नो दिदीको घरकोठामा लगी मंसिर २६ गते सम्म पटक-पटक करणी गरेको अभियोगमा महताेलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

Advertisement

१ महिना देखि बारम्बार फोन गरी माया प्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई करणी गरेकाे भन्दै बालिकाकाे अभिभावकले मंसिर २८ गते दिएकाे जाहेरी दर्खास्तको आधारमा महतोलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Advertisement

पिडितकाे अभिभावकले जाहेरी दिएकाे दिन मंगलबार नै आराेपित महताेलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रवक्ता खनालले वताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *