Categories समाचार

पद थपेर आफू निकटका प्रहरी अधिकारीलाई एआईजी बनाउन चलखेल

Advertisement

काठमाडाैं ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अहिले दरबन्दी रिक्त छैन। तर, यो पदमा राजनीतिक दलको आँखा परेको छ। आफ्ना निकटलाई उक्त पदमा नियुक्त गर्न चलखेल भइरहेको छ। सत्ताधारी गठबन्धनले थप पद सिर्जना गरी आफू निकटका प्रहरी अधिकारीलाई एआईजी बनाउन लागेको प्रहरी स्रोतकै दाबी छ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) समेत गरी ७९ हजार ५ सय ३८ जनाको दरबन्दी रहेको छ। जसमध्ये प्राविधिकतर्फका दुई जना, प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहित विभिन्न पदका ३ हजार ६ सय ३८ जनाको दरबन्दी रिक्त छ। एआईजी पदमा दरबन्दी रिक्त छैन। तर, एआईजीको दरबन्दी थप्ने चर्चाले प्रहरी भित्रै तरंग पैदा गरेको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *